
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा एभर्टनले ऐतिहासिक जित दर्ता गरेको छ ।

एभर्टनले लिभरपुललाई पछिल्लो २२ वर्षमा पहिलो पटक उसकै मैदानमा पराजित गरेको हो । भ्रमण टोली एभर्टनले लिभरपुललाई २–० ले पराजित गरेको हो ।

सन् १९९९ पछि पहिलो पटक लिभरपुललाई उसकै मैदानमा हराउने क्रममा एभर्टनका लागि तेस्रो मिनेटमा रिचार्लिसन तथा ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा गिल्फी सिगुर्डसनले गोल गरेका हुन् ।

पराजित भएको लिभरपुल २५ खेलबाट ४० अंकसहित छैटौँ तथा एभर्टन २४ खेलबाट ४० अंकसहित सातौँ स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा फुलह्यामले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गर्दा बर्नली र वेष्ट ब्रोमले गोलरहित तथा साउथह्याम्पटन र चेल्सीले १–१ को बराबरी खेलेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…