
बी डिभिजन लिग ।
काठमाडौं- झम्सीखेल युथ क्लबमाथि ४–० को फराकिलो जित निकालेको ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार जित निकाल्दा अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले नयाँ वस्ती युवा क्बलाई ४–२ ले हराएको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा बिहीबार सम्पन्न दिनको दोस्रो खेलमा ब्वाइज युनियनले झम्सीखेल युथ क्लबलाई ४–० को फराकिलो जित निकाल्दा जारी लिगमा तेस्रो जित हात पारेको हो । निकै रोमाञ्चक बनेको खेलमा ब्वाइज युनियनलाई सफलता दिलाउन विनोद राईले ह्याट्रिक गर्दा टंक बहादुर स्याङतानले सुरुआती गोल गरेका थिए ।
व्वाइज युनियनका कप्तान टंक बहादुरले २६ औं मिनेटमा गोल गर्दै टोलीको खाता खोलेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको ब्वाइज युनियनले दोस्रो हाफमा भने ललितपुरे टोली झम्सीखेललाई दबाबमा राख्दै थप तीन गोल गर्न सफल भयो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विनोदले उत्कृष्ट खेल प्रदर्शन गर्दा व्वाइज युनियनले फराकिलो जित निकाल्न सफल भएको हो । विनोदले ६४औं, ८५औं र इन्जुरी सयममा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए ।
जित सँगै ब्वाइज युनियन तालिकाको चौथो स्थानमा उक्लिएको छ । ब्वाइज युनियनले ७ खेलबाट ११ जोड्दा पराजित झम्सीखेल नवौं स्थानमा छ । झम्सीखेलको ६ अंक भएको छ ।
‘बी’ डिभिजन लिग अन्तर्गत बिहीबारै सम्पन्न दिनको पहिलो खेलमा आरसिटीले नयाँबस्ती युवा क्लबलाई ४–२ ले स्तब्ध बनायो ।
अन्तिम २२ मिनेट दश खेलाडीमा खुम्चिएपनि आरसिटीले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको हो । एन्फा मुख्यालयको मैदानमा नै सम्पन्न खेलमा जित निकालेको आरसिटीले छैटौं मिनेटमा अजित गुरुङको पेनाल्टीबाट अग्रता लिएको थियो । रोमाञ्चक खेलको १९औं मिनेटमा नयाँवस्तीका गणेश हमालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । त्यसपछि पहिलो हाफमा दुबै टोली थप गोल गर्न सकेनन र पहिलो हाफ १–१ को बराबरीमा सकियो ।
५०औं मिनेट सचु गुरुङले गोल गर्दै नयाँवस्तीलाई अग्रता दिलाए । तर १६ मिनेट पछि आरसिटीका सुरेन खवासले गोल गर्दा खेल २–२ को बराबरीमा पुगेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको ६८औं मिनेटमा आशिष चापागाईले रातो कार्डको सामना गर्दा आरसिटी १० खेलाडीमा खुम्चिएको थियो । यद्यपि आक्रामक खेल देखाइरहेको आरसिटीका लागि ८३औं मिनेटमा विश्व थापाले गोल गर्दै ३–२ को अवस्थामा पु¥याए । लगत्तै दुई मिनेट पछि अजित गुरुङले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित लाई निश्चित गरे ।
रोमाञ्चक जित निकालेको आरसिटी छैटौं स्थानमा पुगेको छ । आरसिटीले ७ खेलबाट ९ अंक जोडेको छ भने पराजित नयाँवस्तीको समान ७ खेलबाट ११ अंक छ । नयाँ वस्ती पाँचौ स्थानमा छ ।
१२ क्लबको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन् । पहिलो खेल सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लब तथा दोस्रो खेल मध्यपुर युथ एसोसियसन र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…