
स्नुकर
काठमाडौं-अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित अजिमा स्नुकर हाउसमा जारी सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा राजेनले क्यु १४७ का राजेन्द्र श्रेष्ठलाई ४–१ को फ्रेममा पराजित गरे ।
चामुण्डका जिमी लामाले बनेपाका नितेश राजभण्डारीलाई ४–०, पोखराका विकास महर्जनले विकेन रिजाललाई ४–० तथा लास्ट ब्रेकका सोम लामाले ब्रेक प्वाइन्टका विनोद श्रेष्ठलाई ४–१ ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
शुक्रबारदेखि प्रिक्वाटरफाइनल खेल सुरु हुने छ । त्यस दिन ४ खेल हुने छ । नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठले लास्ट ब्रेकका सनोज खड्गी, ब्रेक प्वाइन्टका सञ्जय वज्राचार्यले एएक्सएनका वाङचु तामाङ, माउन्ट एभरेष्टका कृतेश ज्ञवालीले फस्ट ब्रेकका अमन कार्की तथा बेम्बु कटेजका राजन गुरुङले एस स्नुकरका मिलन लामा विरुद्ध खेल्ने छन् ।
बाँकी ४ प्रिक्वाटरफाइनल शनिबार हुने छ । उक्त दिनको प्रिक्वाटरफाइनल राजेन र जिमी, विकास र सोम, कुनाल श्रेष्ट र दीपक मगर तथा फुरी शेर्पा र सक्षम श्रेष्ठबीच हुने छ । प्रिक्वाटरफाइनल ‘बेस्ट अफ नाइन’ आधारमा खेलाइने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…