
स्थापना दिवसको अवसरमा रुपा गाँउपालिकामा अध्यक्ष कप भलिबलको बारे जानकारी दिदैं ।
पोखरा-रुपा गाँउपालिकाले आफनो स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता फागुन २४ गतेदेखि हुने प्रतियोगिता फागुन २७ गतेसम्म हुने छ ।
प्रतियोगितामा देशभरका टीमहरुले सहभागिता जनाउन सक्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
प्रतियोगिताको उपाधि बिजेतालाई ८० हजार, उपबिजेतालाई ६० हजार, तृतीय हुनेलाई ४० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजक रुपा गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट बेस्ट स्पाइक, बेस्ट सर्भर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट लिब्रोलाई ३ हजार तथा अनुशासित टीमलाई मायाको चिनो प्रदान गरिने अध्यक्ष नवराज ओझाले बताए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…