देश्ना स्मृति कपः ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १४ गते २०७७ मा प्रकाशित


देश्ना स्मृति कपः

पोखरा –पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा जारी ‘ दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ मा ब्रदरवुड भेट्रान्स र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने भएको छ ।

आज (शुक्रबार) सम्पन्न सेमीफाईनल खेलबाट विजयी बनेको दुई टिम शनिबार पुरानो टुडिखेलमा दिउँसो १ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए । उनका अनुसार आज (बिहिबार) सम्पन्न पहिलो सेमीफाईनल खेलमा सँगम एफसीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

उक्त खेलमा म्यान अफ द म्याच बनेका मनोज गुरुङले ४ गोलको योगदान दिए भने दीपक क्षेत्रीले १ गोल गरे । यता सँगम एफसीका लागि हरी लामाले १ सान्त्वना गोल फर्काए ।

त्यस्तै अर्काे सेमीफाईनल खेलमा भ्याली स्पोर्टस्लाई गार्डेन एफसीले १–० गोलले पराजित गर्दै उपाधि नजिक पुग्यो । गार्डेनका जीतमा सन्तोष कार्कीले निर्णायक गोलको योगदान दिए । उक्त खेलबाट गार्डेनका मन बहादुर गुरुङ म्यान अफ द म्याचको पुरस्कारको हकदार बने ।

कुल १८ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्रदान गरिनेछ । त्यस्तै उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ । विधागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडी दाम्पत्यलाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ ।