विरेन स्मृति १४ औं बि.टी कप’ सुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १६ गते २०७७ मा प्रकाशित


उदघाटन समारोहमा ।

पोखरा-बुद्धटोल युवा क्लब बगरको आयोजनामा पुरानो टुडिखेलमा ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता सुरु भएको छ । नारायण गोपाल एजुकेशन एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराउदै उद्घाटन खेलबाट बिटी निलो दोस्रो चरणमा प्रवेश गर्याे । बिटी निलोको जीतमा सगुन शर्माले ह्याट्रिकको योगदान दिए भने दिपक तामाङ र आटिया तामाङले समान १÷१ गोल गरे ।

त्यस्तै दोस्रो खेलमा मयुर टाईन्म न्यूजलाई चाउथे एफसीले २–१ गोल अन्तरले पराजित गरेको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए । उनका अनुसार चाउथेको जीतमा कृष्ण गुरुङ र ईमोन छेत्रीले समान १/१ गोल गरे भने मयुरको तर्फबाट संजोग गुरुङले १ गोल फर्काए ।

त्यसैगरी मिरुवा एफसी र फिटनेश ग्रुप बिच भएको अन्तिम खेल २–२ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा फिटनेश ग्रुपले ४–३ गोल अन्तरले विजयी बन्यो । यसअघि खेलमा फिटनेश गु्रपका लागि कुमार गुरुङ र टिविन गुरुङले समान १/१ गोल गरेका थिए भने मिरुवाको तर्फबाट डेनिस गुरुङले दुई गोलको योगदान दिएका थिए ।

प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ प्राप्त गर्नेछ । भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ प्रदान गरिने प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए । उनले प्रतियोगितामा विधागत पुरस्कारको व्यवस्था गरेको बताउदै उत्कृष्ट खेलाडीलाई ५ हजारद्वारा पुरस्कृत गरिने बताए । त्यस्तै उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र हाई स्कोररलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिनेछ । गुरुङका अनुसार अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिनेछ ।