
एजेन्सी, फागुन १७ । डिफेन्डिङ च्याम्पियन लिभरपुलले प्रिमियर लिगमा सेफिल्डमाथि सहज जित निकालेकाे छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गरे । सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।तर, खेलको ४८ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा ब्रायनले आत्मघाती गोल गर्दा लिभरपुलले २-० को जित निकाल्यो । जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ ।
लिभरपुलको २६ खेलमा ४३ अंक रहेको छ । सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…