
एजेन्सी, फागुन १८ । भ्रमणकारी टाेली रियाल साेसिडाडसँग बराबरी खेल्दै रियाल मड्रिड स्पेनिस ला लिगा तालिकाकाे दाेस्राे स्थानमा उक्लिने माैका गुमाएकाे छ ।

ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले क्लबका लागि एक सयौं खेलको अन्तिम मिनेटमा बराबरी गोल फर्काएपछि स्पेनिस ला लिगामा रियल मड्रिड घरेलु मैदानमा रियल सोसिडाडसँग स्तब्ध भएकाे हाे ।

पहिलो हाफ सान्टियागो बर्नबाउमा घरेलु टोलीले बर्चश्व बनाएको थियो । मारियानो र रफायल भारानेले दुई मिनेटको अन्तरमा गरेको हेड क्रसबारमा लागेपछि गोल हुन सकेन ।

दोस्रो हाफमा सोसिडाडले निकै नै सुधारिएको खेल प्रदर्शन गरेको थियो । ५५ औं मिनेटमा नाचो मानरियल्सको क्रसलाई सदुपयोग गरी पोर्तुगेज मान्जानेराले शानदार हेड गोल गरे ।

जिदानेले ६१ औं मिनेटमा अग्रपंक्तिका तीन खेलाडी परिवर्तन गरे । तिनैमध्येका एक भिनिसियसले लुकास भाज्क्वेजको पासमा ८९ औं मिनेटमा गोल गरे, हार टारे ।

यो बराबरीले सबै प्रतियोगितामा गरी रियल मड्रिडको पाँच खेलको अजेय यात्रा सकिएको छ । र ला लिगामा बार्सिलोनालाई पछि पारी दोस्रो स्थानमा उक्लले अवसर पनि गुमाएको छ ।

२४ खेलबाट बार्सिलोना र रियलको समान ५३ अंक भएको छ । गोलअन्तरले बार्सिलोना अगाडि रह्यो । एक खेल कम खेलेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा ५ अंक अगाडि छ । सोसिसाड पाँचौं स्थानमा छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…