
‘बी’ डिभिजन लिगमा मंगलबारको खेल झलक
काठमाडौं- निशान सुनारको गोलको मद्दतमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार जित निकाल्दा अर्को खेलमा मध्यपुर युथ एसोसियनले श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसरबरीले पुल्चोक स्पोर्ट्स क्लबमाथि २–० को जित निकाल्दा दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएको हो ।
जारी लिगमा छैटौं जित निकाल्दा बासँबारीका निशानले दोस्रो हाफमा दुई गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलेको बाँसबारीले दोस्रो हाफमा भने दबाब दिन सफल भएको थियो ४७औं मिनेटमा निशानले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६९ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्र्दै जित निश्चत गरेका थिए । मंगलबारको जितसँगै बाँसबारीले ८ खेलबाट १८ अंक बनाएको छ । ६ खेलमा स्पष्ट जित निकालेको बाँसबारी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस्तै समान ८ खेल खेलको पुल्चोकको मात्र २ अंक छ । पुल्चोक तालिकाको पुछारमा छ ।
लिग अन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएर जारी लिगमा दोस्रो जित निकालेको हो । स्पष्ट अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका दुबै टोलीले पहिलो हाफ आक्रामक खेलेका थिए । ४० औं मिनेटमा आशिषले राईले गोल गर्दै कुमारीलाई सुरुआती अग्रता दिलाएका थिए । तर कुमारीको अग्रता धेरै समय टिकेन । त्यसको पाँच मिनेटमा मध्यपुरका कैलाश खत्रीले गोल गर्दै खेल बराबरी ल्याए । पहिलो हाफ बराबरी सकिएको खेलमा ४८ औं मिनेटमा धिरजले श्रेष्ठले गोल गर्दै मध्यपुरको अग्रता उल्टाए । बाँकी सयमा कुमारी क्लब खेलमा फर्किन निकै संघर्ष गरे पनि मिलेका राम्रा अवसरलाई सदुपयोग गर्न चुक्दा अंक सुम्पिन बाध्य बन्यो ।
जितसँगै मध्यपुरले ८ खेलबाट ७ अंक जोडेको छ । मध्यपुर तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान ८ खेल खेलेको कुमारीको पनि ७ नै छ । कुमारी आठौं स्थानमा रहेको छ । लिगमा बुधबार पनि दुई खेल हुनेछ । पहिलो खेल नयाँ वस्ती युवा क्लब र टुसाल युथ क्लब तथा दोस्रो खेल खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लबबीच एन्फा मुख्यालयको मैदानमा हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…