
पोखराको पुरानो टुडिखेलमा आयोजित बगर भाइखलक एट ए साईड फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै । फाईल फोटो ।
पोखरा-यही फागुन २४ गतेदेखि पोखराको टुडिखेलमा बगर भाइखलक एट ए साईड फुटबल प्रतियोगिता शुरु हुदैं छ । बढ्दो उमेरसँगै स्वास्थ्यप्रतिको सचेतनासँगै युवापुस्तालाई फुटबलप्रति अभिप्रेरित गराउने अभिप्रायले बगर भाइखलबले वर्षेनी एट ए साईड फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
रन्जित गुरुङ स्मृति १० औं सस्करणको बगर भाइखलक एट ए साईडमा पोखरा तथा अन्य विभिन्न शहरका गरी २८ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पोखरा–१ पुरानो टुडिखेलको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विजेताले १लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतियोगितामा भुतपुर्व खेलाडी मन्च नेपालका महासचिव एवं खेलकर्मी खेम गुरुङलाइै दोसल्लासहित ताम्रपत्रबाट सम्मानित गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा बगर भाइखलकका महासचिव यामबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामै सबैभन्दा पाका खेलाडीलाई ताम्रपत्रबाट सम्मानित गरिने उनले बताए । दोस्रो पुरस्कारको प्रायोजन विगतको वर्षमा झैं यो वर्षपनि सहारा युकेले प्रायोजन गरेको छ ।
विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्डलई ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई भने नगद १० हजार सहित ट्र्फी प्रदान गरिने छ । म्यान अफ दि म्याच एवं अनुशासित टोलीको हकमा भने विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको फाईनल २९ गते हुने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…