
बलको लागि सघंर्ष गर्दै ।
काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा बिहीबार रानीपोखरी कर्नर टिम (आरसिटी) र श्री कुमारी क्लबले बराबरी खेल्दा श्री भगवती क्लबले झम्सीखेल युथ क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा आरसिटीले लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा कुमारीका युवराज राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो हाफतिर धकेलिएको खेलमा आरसिटीले धेरै दबाब दिएर खेल देखाए पनि नतिजा निकाल्न असफल रह्यो ।
बराबरीपछि आरसिटीले ९ खेलमा १३ अंक जोडेको छ । आरसिटी लिगको पाँचौ स्थानमा छ । समान ९ खेल खेलेका कुमारीको ८ अंक छ । कुमारी आठौं स्थानमा छ ।
‘बी’ डिभिजन लिग अन्तर्गत बिहीबारै सम्पन्न दिनको पहिलो खेलमा श्री भगवती क्लबले झम्सीखेल युथ क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्यो । सातदोबाटोमा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र मोहन बहादुर थापा मगरले एक एक गोल गर्दा एक गोल श्री भगवतीले आत्मघाती गोल उपहार पायो । झम्सिखेलका मदन स्याङतान र अनिश चौधरीले एक एक गोल फर्काएका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ११ औं मिनेटमा सुनिल शाहीको आत्मघाती गोलबाट श्री भगवतीले अग्रता बुनेको थियो । तर, खेलको ३२ औं मिनेटमा मदनले गोल गर्दै झम्सिखेललाई १–१ गोलको बराबरीमा ल्याउँदा ५६ औं मिनेट नवराजले गोल गर्दै फेरि श्री भगवतीलाई २–१ को अग्रता दिलाए । ६८ औं अनिशले गोल गर्दै झम्सिखेललाई पुन २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि दुबै टोलीले जितका लागि संघर्ष गरे । खेल सकिन ८ मिनेट बाँकी रहँदा मोहनले गोल गर्दैै टोलीलाई रोमाञ्चक जित दिलाए ।
जितसँगै श्री भगवती लिगको आठौं स्थानमा उक्लिएको छ । श्री भगवतीले ९ खेलमा ९ अंक जोडेको छ । झम्सिखेलको समान ९ खेलबाट ६ अंक छ । झम्सीखेल तालिकाको ११ औं स्थानमा छ ।
प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन् । पहिलो खेल शीर्ष स्थानको सातदोबाटो युथ क्लब र बाँसबारी क्लब तथा दोस्रो खेल मध्यपुर युथ एसोसियसन र पुल्चोक स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…