
काठमाडौं- उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित हुँदा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई हराएको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा भएका खेलमा खुमलटार श्री भगवती युथ क्लबसँग २–१ ले पराजित हुँदा ब्वाइज युनियनले टुसालल युथ क्लबमाथि १–० को संघर्ष पूर्ण जित निकालेको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो । खेलको २६ औं मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा डोना थापाले गोल गर्दै श्री भगवतीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए त्यसपछि खेलको ८४ औं आशिष श्रेष्ठले गोल गर्दै श्री भगवतीलाई २–१ को जित दिलाए ।
जितसँगै श्री भगवतीले १० खेलमा १२ अंक जोडेको छ । लिगको दोस्रो स्थानको खुमलटारले १० खेलमा २२ अंक जोडेको छ । हारसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गर्ने मौका गुमाएको छ ।
शनिबारकै अर्को खेलमा ब्वाइज युनियनलाई जित दिलाउन मिलन लिम्बुले ७२औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । मिलनले हेडमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन्
यस जितसँगै ब्वाइजले १० खेलमा १७ अंक जोडेको छ । ब्वाइज चौंथो स्थानमा यथावत रहेको छ । टुसाल १० खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…