
गोलगरेपछि बेन्जेमा । साथमा टोनी क्रस ।
एजेन्सी-खेल सकिन दुई मिनेट बाँकी रहँदा करिम बेन्जेमाले गोल गरेपछि मड्रिड डर्बीमा रियल एथलेटिको अंक बाँडेकोे छ ।
वान्दा मेट्रो पोलिटिनो मैदानमा ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियलका लागि बेन्जेमाले ८८ औं मिनेटमा बराबरी गोल गर्दै डर्बी म्याचमा हारबाट जोगाएका थिए ।
बार्सिलोनासँग अंक बराबरी गर्ने अवसरलाई गुमाएको छ । बार्सिलोना ५६ अंकसहित दोस्रो स्थानमा रहँदा रियल ५४ अंक सहित तेस्रो स्थानमा छ । लिग लिगर एथलेटिका मड्रिड भने ५९ अंक छ ।
खेलको १५ औं मिनेटमा लुईज स्वारेजले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाए । तर खेल सकिन दुईमिनेट बाँकी रहदाँ एथलेटिकोले सम्भावित तीन अंक गुमाउँदै १ अंकमा झर्यो । दुई मिनेट सम्हालिन नसक्दा बेन्जेमाले बराबरी गोल गर्दै रियललाई हारबाट मात्रै जोगाएनन १अंक समेत खोसे ।
मार्कस लोरेन्टेको पासमा स्वारेजले गोल गर्दै रियललाई पछि पारे । पहिलो हाफमै अग्रता लिएको एथलेटिकोले दोस्रो हाफमा पनि रियललाई दबावमा राख्न सकेन् । बलमाथिको नियन्त्रण बनाईराखेपनि रियलले गोल निकाल्न भने सकेको थिएन् । कासिमिरोको क्रस पासमा बेन्जेमाले गोल गरेपछि रियल खेलमा फर्किएको थियो । यद्यपी दुवैले थप गोल भने गर्न सकेनन् । १-१ गोलको बराबरीमा खेल टुंगिदाँ अंक बाँडे ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…