
पेनाल्टीमा गोलगरेपछि ब्रुनो फर्नाण्डेज ।
एजेन्सी-ईग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको म्यानचेष्टर डर्बीमा युनाईटेडले जित निकाल्दै लिग लिगर सिटीसँगको दुरी कम गरेको छ । म्यानचेष्टर डर्बी म्याचमा पराजित भएपनि सिटी ११ अंकले अघि छ । युनाईटेड ५४ अंकमा दोस्रो स्थानमा रहदाँ सिटी भने ६५ अंकसहित शीर्षस्थानमा यथावत छ ।
सिटीको घरेलु मैदानमा युनाईटेडले महत्वपूर्ण जित निकाल्दै तीन अंक जोड्यो । इत्तिहाड स्टेडियममा दोस्रो मिनेटमै सिटी आफनै मैदानमा पछि परेको थियो । दोस्रो मिनेटमै ब्रुनो फर्नाण्डेजले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । पहिलो हाफ एक गोलको अग्रतामा टुग्याएको युनाईटेडले दोस्रो हाफमा पनि थप एक गोल गर्दै सिटीमाथि २-० गोलको जित आत्मसात गर्यो ।
दोस्रो हाफमा सिटी आफनै मैदानमा खेलमा फर्किने कोशिस गर्यो । यद्यपी स्कोर भने निकाल्न सकेन् । खेलको ५० औं मिनेटमा लुके सहले गोल गर्दै युनाईटेडको जित पक्का बनाए । जितसँगे युनाईटेड ५४ अंक छ । लिसेष्टर सिटी भने ५३ अंकसहित तेस्रो स्थानमा छ ।


पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने…