ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटोको पहिलो हार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २४ गते २०७७ मा प्रकाशित


बी डिभिजन लिग । तस्बिर फाईल

काठमाडौं-खुमलटार दशौं खेलमा श्री भगवतीसँग २–१ ले पराजित भएपछि ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा पहिलो हार बेहोरेको छ ।

सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २–१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक÷एक गोल गरे भने सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काएका थिए ।

खेलको २९ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता लिएको थियो । खेलको ५० औं मिनेटमा माल्डिनाले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ५८ औं मिनेटमा सन्नीले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएपछि बाँकी रहेको समयमा थप गोल हुन सकेन र मध्यपुरले जित निकाल्न सफल भयो । मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत सोमबारै सम्पन्न अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । रानीपोखरी कर्नर टिम ९आरसिटी० लाई २–१ गोल अन्तरले पराजित गर्दै पुल्चोकले पहिलो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुल्चोकलाई जित दिलाउन अर्जुन कुमार राना र किस्मत लिम्बुले एक एक गोल गरे । आरसिटीका अमर डंगोलले एक गोल फर्काए । जितसँगै पुल्चोकले १० खेलमा ५ अंक जोडेको छ । पुल्चोक पुछारमा रहेको छ । आरसिटी १० खेलमा १३ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।

लिगमा मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेल श्री भगवती क्लबर र ब्वाइज युनियन तथा दोस्रो खेल टुसाल युथ क्लब र श्री कुमारी क्लबबीच हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन् ।