
मोआथाई संघ कास्कीको निर्वाचन नयाँ कार्यसमिति ।
पोखरा-कास्की जिल्ला मोआथाई संघको दोस्रो अधिवेशनले प्रदीप पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले दुई वर्षे कार्यकालको लागि पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सन्जय कुँवर, सचिवमा सनम गुरुङ, कोषाध्यक्षमा जोन परियार रहेका छन् । सदस्यहरुमा सन्दीप बरुवाल, सागर गुरुङ, दिपका कंडेल रहेका छन् ।
दोस्रो अधिवेशनमा केन्द्रीय प्रतिनिधिको रुपमा नेपाल मोआथाई संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो । उपाध्यक्ष गोदारले संघले खेल र खेलाडीको हकहितको लागि आफनो जिम्मेवारी पुरा गर्दै खेलाडी उत्पादनको लागि नियमित प्रशिक्षण र प्रतियोगिता आयोजना गर्नु महत्वपूर्ण र चुनौतिपूर्ण रहेको बताए । निवर्तमान अध्यक्ष अब्राहम खानले मोआथाईको गतिविधिलाई नयाँ कार्यसमितिले अझै उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।
सर्वसम्मत चयन भएका अध्यक्ष पहारीले मोआथाई संघ कास्कीलाई अन्य जिल्ला संघभन्दा प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । नयाँ कार्यसमिति पदाधिकारी एवं सदस्यहरुलाई पद तथा गोपनियताको सपथ समेत गराईको थियो । अधिवेशनमा निर्वाचन समितिमा खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष एकराज गिरीको संयोजकत्वमा तीन सदस्य निर्वाचन मण्डल गठन गरिएको थियो । निर्वाचन समितिले सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको नामावली वाचन गरेपछि उपस्थित सबैले ताली बजाई पारित गरेका थिए ।
कास्की मोआथाई संघले नेपाल मोआथाई संघको सहयोगमा आगामी चैत २४ गतेदेखि ३१ गतेसम्म मोआथाईको अन्तराष्ट्रिय सेमिनार तथा मोआथाई राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने तयारी गरेको छ । सेमिनार र च्याम्पियनसिप पोखरामा पहिलो पटक आयोजना गरिएको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…