
उपाधि विजेता मिया सान मिया काठमाडौं
पोखरा-बगर भाइखलकद्वारा आयोजित एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौको मिया सान मिया एफसीले जितेको छ । शनिबार पोखराको पुरानो टुडिखेलमा आयोजित फाईनल खेलमा डिफेण्डिङ च्याम्पियन टी बर्गर ललितपुरलाई ४–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै मिया साान मियाले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता टि वर्गरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो ।
खेलमा पहिलो गोलको खाता खेलकौ १६ औै मिनेटमा मिया सान मियाको तर्फबाट नविन न्यौपानेले गोलको खाता खोलेका थिए । निर्धारित २५–२५ मिनेटको खेलमा नविन न्यौपानेले टिमका लागि २० औं मिनेटमा दोश्रो गोल थप्दा टी वर्गरलाई खेलमा फर्किन निकै कठिन हुन पुग्यो ।
म्यान अफ दि म्याच न्यौपानेले नै खेलको दोश्रो हाफको ३४ औं मिनेटमा मिया सान मियाले टिमका लागि तेश्रो गोल थपे । यता ३–० ले पछि परेको टि वर्गरलाई खेलमा फर्काउने प्रयास गर्दै नरेन्द्र लिम्वुले एक गोल फर्काए । न्यौपानेले टिमको लागि चौथो गोल गर्दै उपाधि पक्का गरेका थिए । प्रतियोगितामा टी वर्गरका नरेन्द्र लिम्वु उत्कृष्ट खेलाडी हुँदै नगद १० हजार प्राप्त गरे । उत्कृष्ट मिडफिल्डर मिया सान मियाका राजेश खड्की, उत्कृष्ट गोल रक्षकमा मिया सान मियाका सञ्जिव खड्की, उत्कृष्ट फरवार्डमा मिया सान मियाका नविन न्यौपाने, उत्कृष्ट डिफेण्डरमा टि वर्गरका नरेश थापा भएका छन । उत्कृष्ट हुने सवै विद्यागत खेलाडीले नगद ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिता”को उपाधि विजेता मिया सान मिया र उपविजेता टि वर्गरले जितेको रकम कल्याणकारी कामको लागि हस्तान्तरण गरेका छन । मिया सान मियाले आफ्ना टिमका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी नविन न्यौपानेकी क्यान्सर पिडित आमाको उपचारका लागि हस्तान्तरण गरेको छ । टिमका कप्तान समेत रहेका नविन पाण्डेले उक्त रकम सहकर्मी न्यौपानेलाई समापन समारोहमा हस्तान्तरण गरेका थिए । उपविजेता टोली टी वर्गरले पोखरामा महिला र वालवालिकाको क्षेत्रमा कार्यरत सञ्जिवनी समुहलाई हस्तान्तरण गरेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…