
प्रिन्स दाहाल
काठमाडौं-एपिएफका दिपेश सिंह धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी निकट पुगेका छन् ।
राष्ट्रिय च्याम्पियन दिपेशले फाईनल प्रवेश गर्ने क्रममा सेनाका रुकेश महर्जन माथि २१-१४, २१-१७ को जित निकाले भने बिश्व जुनियरको बरियतामा तेश्रो नम्बरमा रहेका प्रिनसले प्रतियोगितामा दोश्रो बरियता पाएका पुलिसका बिष्णु कटुवाल माथि २१-१५, २१-१२ को जित निकाले ।
शनिबार साङ्गलास्थित साईनो स्पोर्टस् हलमा भएको प्रतियोगितामा दिपेशले सेनाका रुकेश महर्जन माथि को जित निकाल्दै उपाधीका लागि प्रिन्स संगको भेट पक्का गरेका हुन् । प्रिन्सले पुलिसका बिष्णु कटुवाललाई ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ बिभागिय टोली त्रिभुवन आर्मी क्लबका अमिता गिरी र अनुमाया राईले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अमिताले धादिङ्गकी तारा आलेलाई २१-९, २१-४ ले र राईले एपिएफकी शोभा गौचनलाई २१-८, २१-१२ ले पराजित गर्दै फाईनल यात्र तय गरेका हुन् ।
पुरुष युगल तर्फ हिमालय क्लबका बिशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरी फाईनल प्रवेश गरे । उक्त जोडीले सूर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडीलाई २१-१६, २१-१२ ले पराजित गर्दै उपाधीका लागि आयोजक साईनोको अभिषेक बोस र सुजन थापाको जोडी संगको भेट पक्का गरे । बोस र थापाको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडीलाई २१-१७, २१-१३ ले पराजित गरे ।
पुरुष युगल ४५ को प्रतिस्पर्धामा जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी जित निकाल्दै फाईनल प्रवेश गरे । उक्त जोडीले युनिक स्पोर्टस्का अनिल कुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडीलाई २१-१३, २१-१९ ले पराजित गरे । अर्को प्रतिस्पर्धामा पर्फेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र संजय कपालीको जोडीले ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीलाई २१-९, २१-१३ ले पराजित गर्दै उपाधीका लागि जेष्टका श्याम र नविनको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् ।
पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र संजय श्रेष्ठको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडी माथि १५-२१, २१-१८, २१-१८ को जित निकाल्दै फाईनल प्रवेश गरे । यस्तै अर्को खेलमा गण्डकीका तिलक छन्त्याल र हिरा राईको जोडीले चितवन ब्याडमिन्टन संघका साजकुमार गुरुङ्ग र साईनोका सुजन थापाको जोडीलाई २१-१९, १९-२१, २२-२० ले पराजित गरे ।
पुरुष युगल सी तर्फको खेलमा टोखा युग क्लबका क्षितीज खनाल र अमन महर्जन तथा किर्तिपुरका दिप्रिस मुन बज्राचार्य र निखिल भट्टको जोडी फाईनल प्रवेश गरेका छन् । खनाल र महर्जनको जोडीले बुटवलका किरण बिष्ट र चितवन जिल्ला ब्याडमिन्टन संघका राजकुमार गुरुङ्गको जोडीलाई १५-२१, २१-१०, २१-१७ ले तथा दिप्रिस र निखिलको जोडीले गोकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठको जोडीलाई २१-१५, २१-१७ को सहज जित निकाले ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…