
काठमाडौं- प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् ।
पुरुष एकल तर्फ सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफका दिपेश धामीबिच उपाधीका लागि भएको भिडन्तमा प्रिन्सले बाजी मारे । उनले एपिएफका दिपेश धामी माथि २३-२१, २१-१८ को जित निकाले । यसका साथै प्रिन्सले चितवनमा भएको हारको बदला समेत लिएका छन् । बिजयी खेलाडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने उपबिजयी खेलाडीले नगद ३० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यस्तै तेश्रो स्थानमा रहेका पुलिस क्लबका बिष्णु कटुवाल र सेनाका रुकेश महर्जनले नगद १०-१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै क्वाटरफाईनलिष्ट सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, भुपु सैनिकका सहरोज अन्सारी र सेनाका भोज बहादुर गुरुङ्गले नगद ५-५ हजार प्राप्त गरे ।
आईतबार साङ्गलास्थित साईनोको कभर्डहलमा भएको महिला एकल तर्फको प्रतिस्पर्धामा आफ्नै क्लबकी अमिता गिरीलाई २१-१०, २१-१७ को सोझो सेटमा पराजित गर्दै राईले उपाधी हात पारेकी हुन् । राईले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । यस्तै उपबिजेता गिरीले नगद १५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरिन् । तेश्रो स्थानमा रहेका एपिएफकी शोभा गौचन र धादिङ्गकी तारा आले प्रत्येकले नगद ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्राप्त गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…