विशाल र प्रनिसको जोडीलाई व्याडमिन्टनको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १ गते २०७७ मा प्रकाशित


उपाधिसहित विशाल बस्नेत र प्रनिससिंह ठकुरी ।

काठमाडौं-साईनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनामा आयोजित साईनो मेयर कप व्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष युगल तर्फ हिमालयन क्लब पोखराका बिशाल बस्नेत र झापाका प्रनिशसिंह ठकुरीको जोडीले आयोजक साईनोका अभिषेक बोश र सुजन थापाको जोडीलाई पराजित गदैै उपाधि जिते ।

बस्नेत र ठकुरीको जोडीले बोस र थापाको जोडीमाथि २१-१७, १६-२१, २१-१७ को जित निकाल्दै उपाधी उचाले । बिजयी जोडीले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपबिजयी जोडीले नगद ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । सूर्खेतका नरेन्द्र बम र चण्डोलका शिव थापाको जोडी तथा गण्डकी ब्याडमिन्टन क्लबका सनम खपाङ्गी र हिरा राईको जोडी तेश्रो हुँदै नगद १०-१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष भेट्रान ४५ तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी बिजयी भयो । उक्त जोडीले परफेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र संजय कपालीको जोडीलाई १२-२१, २२-२०, २१-१६ ले पराजित गरेका हुन् । बिजयी खेलाडीहरुले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजयी टिमले नगद २५ हजार, मेडल र प्रमाण पत्र तथा तेश्रो हुने युनिक स्पोर्टस्का अनिल कुमार लाखे र पाल्पाका महेश बज्राचार्यको जोडी तथा ललितपुरका सुमन महर्जन र सुनिल मान शाक्यको जोडीले नगद १०।१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष युगल बी तर्फको प्रतिस्पर्धामा सूर्यदर्शनका दीपक राना र संजय श्रेष्ठको जोडीले गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडीलाई १८-२१, २१-१४, २१-१२ ले पराजित गर्दै ट्रफी उचाले । यस्तै उपबिजयी खेलाडीहरुले मेडल, प्रमाण पत्र प्राप्त गरे ।

पुरुष सी तर्फको प्रतिस्पर्धामा टोखा युथ क्लबका क्षितीज खनाल र अमन महर्जनको जोडीले बाजी मा¥यो । उक्त जोडीले किर्तिपुरका दिप्रिस मुनि बज्राचार्य र निखिल बट्टको जोडीलाई २१-१९, २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । उपबिजेताले मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई तारकेश्वर नगरपालिकाका मेयर , नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सुभाष श्रेष्ठ, महासचिव बिरेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । पाँच दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल ९राष्ट्रिय बरियतामा एकल र युगलमा उच्च २० मा रहेका बाहेक० भेट्रान्स ९४५ बर्ष माथी० बी र सी लेबल गरि कुल ६ बिधामा १९७ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको लागत १५ लाख रहेको छ ।