
काठमाडौं फुटबल क्लिनिकको सञ्चालनमा ल्याउने घोषणा
काठमाडौं-फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ काठमाडौं किकर्स प्रालिले काठमाडौंमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने भएको छ ।
आयोजक काठमाडौं किर्कसले मंगलबार पत्रकार सम्मेलन गरी प्रशिक्षक र काठमाडौं फुटबल क्लिनिकको सञ्चालनमा ल्याउने घोषणा गरेको हो । सोही कार्यक्रममा काठमाडौं किर्कसले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका स्कटिस प्रशिक्षक लि मेनसनलाई अनुबन्ध पनि गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा एकेडेमी सञ्चालनमा ल्याउने काठमाडौं किर्कस प्रालिका अध्यक्ष नविन पाण्डेले बताए ।
६ देखि ९ वर्ष, १० देखि १३ र १४ देखि १६ वर्ष उमेर गरी तीन समूहमा विभाजन गरि सञ्चालनमा ल्याइने एकेडेमीमा स्कटिस प्रशिक्षक लि मेनसनले अनुबन्ध भएका खेलाडीलाई प्रशिक्षण गराउने छन् । प्रशिक्षण शुक्रबारबाट सुरु हुनेछ ।
एकेडेमीमा प्रशिक्षकको रुपमा अनुबन्ध भएका लि मेनसनले एसियाली प्रतियोगिता, एएफसी च्याम्पियन्स लिग र एएफसी कपमा सहभागि भएका क्लब तथा देशलाई प्रशिक्षण गरेको अनुभव छ । नेपालको फुटबल एकेडेमीमा अनुबन्ध भएका लि मेनसनले नेपालमा फुटबलको क्रेज निकै भएको र सम्भावना पनि उत्तिकै भएकोले फुटबल एकेडेमीमा जोडिन आएको बताए ।
ग्रासरुट देखि व्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरि एकेडेमी सञ्चालनमा ल्याउन लागिएको सञ्चालको भनाई छ । यस्तै कोरोनाको कारण रोकिएको फुटबल प्रशिक्षण पुनः सुरु गर्ने जनाएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…