चितवन एफसीको मार्की खेलाडी भरत, केसी प्रशिक्षक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित


भरत खवास तथा मेघराज केसी ।


काठमाडौं- नेपाल सुपर लिग(एनएसएल) फ्रेन्चाईज टिमले धमाधम मार्की खेलाडी सार्वजनिक गरिरहेका छन् । फ्रेन्चाईज टिम एफसी चितवनले बुधबार नेपाली फुटबल टोलीका स्ट्राईकर भरत खवासलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको छ । । बुधबार चितवनले मार्की खेलाडीको रुपमा सम्झौता गर्दै सार्वजनिक गरेको हो ।

भरतसँग सम्झौतापछि ।

सोही अवसरमा चितवनको टोलीले प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको छ । सहायक प्रशिक्षकमा शैलेस कर्माचार्य रहेको समेत एफसी चितवनले जनाएकोछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको प्रतियोगितामा चितवनका मालिक सञ्जित ढकालले बुधबार भरत, मेघराज र शैलेशसँग सम्झौता पत्रमा हस्ताक्षर गरेपछि सार्वजनिक गरिएको थियो । लिगमा ७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन् ।

मेघराज केसीसँग सम्झौतापछि ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रत्येक टोलीले तीन खेलाडी राख्न पाईने छ । दुईजना प्लेईङ सेटमा खेलाउने पाइने छ । खेलाडीहरु अक्सन गरी राखिने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।