
मेयर कप सप्तरी प्रिमियर लिग –
सप्तरी- तेश्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा सुरु भएको छ। लिग अन्तर्गत उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्यो।
राज रंगशालामामा सम्पन्न खेलमा रुपनीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईनले पुरै २० ओभर ब्याटिंग गरेता पनि सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।
बोदे बर्साईनको लागि नारायण जोशीले सर्वाधिक ३३ रन, कप्तान सिद्धान्त लोहनीले २४ रन , योगेन्द्र सिंह कार्की र बिकाश दासले समान १७ रन बनाए। रुपनी राईडर्सको बलिंगमा सुमित झाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै २५ रन खर्चिए। अनिल यादवले २ विकेट तथा फिर्दोश अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुज कुमार यादवले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १४७ रन बनाएको थियो। रुपनीको लागि ओपनर सुनिल धमलाले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। निरज मुखियाले १९ रन, अनिल यादवले अविजित १७ रन, अनुज यादवले अविजित १५ रन तथा कुशल भुर्तेलले १२ रन बनाए।
बोदे बर्साईनको बलिंगमा अफस्पिनर बिशाल सुश्लिंगले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभर बलिंग गर्दै २६ रन खर्चिए। नारायण जोशी, पप्पु यादव र बसन्त रेग्मीले समान १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच सुनिल धमला चुनिए।
लिग अन्तर्गत सोमबार दुई खेल संचालन हुनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टस र पवन सर्राफ कप्तानीको बजाज खडक वारियार्स तथा दिउसो १ बजे हुने खेलमा मेहबुब आलम कप्तानी टिभीएस किंग्स राजविराज र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिकाका मेयर शम्भु यादवले ब्याटिंग गर्दै तथा उपमेयर साधना झाले बलिंग गर्दै गर्नु भएको थियो। उद्घाटन समारोहमा सप्तरी प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, बोदे बर्साईन नगरपालिकाका मेयर आतेष कुमार सिंह, भिम दल गणका कर्नेल निरज भण्डारी, शशस्त्र प्रहरी बलका उपरीक्षक राजु श्रेष्ठ, राजबिराज नगरपालिकाका वडा नम्बर(५ का अध्यक्ष समिर कुमार झा, वडा नम्बर८ का अध्यक्ष जयनारायण मण्डल, प्रदेश(२ क्रिकेट संघका अध्यक्ष हिरा भगत, नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय उपाध्यक्ष शैलेश कुमार चौधरी, न्यु राज लक्ष्मी ज्वेलर्सका प्रोपाइटर शत्रुधन कुमार ठाकुर लगायतको उपस्थिति रहेको थियो।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…