
चरक मेमोरियल हस्पिटलले सह उप प्रायोजकको रुपमा सहारा क्लबसँग सहकार्य
पोखरा-१९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले सह उप प्रायोजकको रुपमा सहारा क्लबसँग सहकार्यमा जुटेको छ । क्लवसंग आइतबार सम्झौता गरेसंगै आहा रारा गोल्ड कपसँग जोडिएको हो । क्लवका अध्यक्ष केशव बहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकालीले हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेल र म्यानेजर प्रदिप शर्मा बिच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
साथै हस्पिटलले दर्शकहरुलाई हस्पिटलको सेवामा २० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । क्वार्टरफाइनल खेलमा पहिलो १५ जना, सेमिफाइनलको खेलमा पहिलो २० जना र फाइनलमा पहिलो टिकट काट्ने मध्य ३० जनालाई चरक मेमोरीयल हस्पिटलले २० प्रतिशत छुट दिने भएको क्लवले जनाएको छ ।
पोखरा रंगशालामा यही चैत २१ गते देखि चैत २८ गतेसम्म आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लव र आयोजक सहारा क्लव सहित ८ टोलीको सहभागिता रहेको छ ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवले जनाएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…