
बल नियन्त्रण गर्दै अगाडि बढाउने प्रयास गर्दै त्रिदेव ।
काठमाडौं-आयोजक नेपाल उपविजेता बन्दै त्रिदेशीय नेसन्सकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसँग गोल रहित बराबरी खेल्दै उपविजेताको रुपमा फाइनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानको यु–२३ टोलीसँग पनि गोलरहित बराबरीमा रोकिएको नेपालले २ अंक बनाएर अन्तिम दुईमा स्थान बनाएको हो ।
घरेलु दर्शकको साथ पाएको नेपालले बंगलादेशको राष्ट्रिय टोलीविरुद्ध पनि गोल गर्न सकेन । दबाब दिएर खेले पनि बंगलादेशको पोस्टमा गोल गर्न नेपाल असफल रहेको थियो । पहिलो खेलमा जस्तो बंगलादेशसँगको खेलमा पनि नेपाली टोलीको मध्यक्रम चल्न सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाली टोली केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न चुकेको थियो ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको उमेर समूहलाई हराउँदै फाइनल प्रवेश गरिसेको अवस्थामा आयोजकलाई रोक्ने रणनीति सफल भयो । तर दशरथ रंगशलामा गोल गर्ने नेपालले जारी प्रतियोगितामा पनि पूरा गर्न नसक्दा समग्रमा दुई अंक जोडेर फाइनल प्रवेश गर्ने मौका पाएको हो । घरेलु टोलीलाई बराबरीमा रोकेको भ्रमणकारी टोली बंगलादेशले ४ अंक जोड्न सफल भयो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो ।
खेलको २१ औं मिनेटमा त्रिदेब गुरुङले गरेको क्रस बलमा अञ्जन विष्ट अनमार्क रहे पनि सदुपयोग गर्न सकेनन् । अन्जन विष्टको फ्रि हेडर क्रसबारको केहि माथिबाट बाहिरिएको थियो । बंगलादेशले अवसर सिर्जना गर्ने क्रममा ३७ औं मिनेटमा मोहमद इमोनको हेडर दिनेश राजवंशीले किलियर गर्दै बचाएका थिए । खेलको ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रिकिक पोस्ट नजिकबाट बाहिरिदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।

खेलको ५९ औं मिनेटमा सुनिल बलको पासमा डिबक्सको ठिक बाहिर रहेका अन्जन विष्टको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहमद सैदुल आलमले सजिलै नियन्त्रणमा लिन सफल भएका थिए । ६२ औं मिनेटमा रंजित धिमालको क्रसमा अभिशेक रिजालको हेड बलले पोस्टको दिशा लिन सकेन । खेलको ८२ औं मिनेटमा दर्शन गुरुङको हेड बल क्रसबारमा लागेर बाहिरिँदा नेपालले अग्रताको सुनौलो अवसर गुमाउन पुगेको थियो ।
बराबरी खेलेको खेलमा तीन खेलाडीले डेब्युको मौका पाए । मिडफिल्डर संजोक राई र त्रिदेब गुरुङले सुरुवाती–११ मै डेब्युको अवसर पाउँदा यस्तै डिफेन्डर निशान खड्काले रञ्जीत धिमालको स्थानमा ७१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । फाइनल प्रवेश गरेका टोलीद्वय नेपाल र बंगलादेशले सोमबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…