बंगलादेश विरुद्ध पहिलो हाफमा नेपालको अग्रता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १६ गते २०७७ मा प्रकाशित


त्रिदेशीय नेसन्स कप

पोखरा-त्रिदेशीय नेसन्स कपको फाईनलमा पहिलो हाफ अघि नेपालले दुई गोलले अग्रता लिएको छ । बंगलादेश विरुद्धको फाईनल खेलमा सन्जोग राईले १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

राईले कर्नरको पासलाई बंगलादेशी डिफेन्सबाट क्लियर हुन नसकेको बललाई पावरफुल लेप्ट सट प्रहार गरेका थिए । सेकेण्ड बारमा बंगलादेशी डिफेन्सलाई छिचोल्दै गोल भएपछि घरेलु मैदानमा नेपालले अग्रता लिएको हो ।

पहिलो हाफ हुनु भन्दा तीन मिनेट अघि मात्रै विशाल राईले अर्को थप्दै दुई गोलको अग्रता दिलाएका थिए । अफसाईड विट गर्दै राईले वान भर्सेज वानको अवस्थामा सेकेण्ड बार च्याप्दै गोल गरेपछि नेपालले स्पष्ट २-० गोलको अग्रता लिएको छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालले बंगलादेशलाई नै १-० गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।