
मेयर साईकल दौडबारे जानकारी दिदैं पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी ।
पोखरा-पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसरमा बैशाख १ गते ‘मेयर साइकल दौड प्रतियोगिता’ आयोजना गर्ने भएको छ । साईकल दौडमा स्थानीय तहका प्रमुखहरुले प्रतिस्पर्धा गर्ने छ ।
कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । ‘स्थानीय तहका प्रमुखहरुले साईकल दौडमा प्रतिस्पर्धा गर्ने छन्’ मेयर साईकल दौड प्रतियोगिताका संयोजक दर्शन लामाले भने–‘एकसयजना स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने विश्वास छ ।’ साईकल दौड पोखरा महानगरपालिकादेखि शुरु हुने छ । महानरपालिका हुदैं सभागृहचोक–सृजनाचोक–राष्ट्रबैंकचोक हुदैं हल्लनचोकमा पुगेर टुंगिने छ । पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष समेत रहेका संयोजक लामाका अनुसार झण्डै ५ किलोमिटरको प्रतिस्पर्धा हुने छ ।
मेयर साईकल दौडकै अवसरमा पोखरामा साईकल लेनको समेत शुरुवात गरिने उनले बताए । ‘पोखरालाई बातावरण मैत्री बनाई साईकल लेनको शुरुवात गरिने छ’ उनले भने–‘पार्किङ नहुने सडक किनारमा साईकल लेन बनाईने छ ।’ महागनरपालिका सकडको एक किनारमा पार्किङ वापत सशुल्क पार्किङको जिम्मेवारी दिइसकेको छ ।
पोखरा महानगरपालिकाले तालदेखि तालसम्म ८४ किलोमिटर साइकल ट्र्याकको आवश्यक पूर्वाधार निमाणर््ा गर्ने समेत योजना अघि सारेको छ । साईकल ट्रयाकको लागि आवश्यक अध्ययन समेत गरिसकिएको छ । अध्ययनकै लागि महानगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो । ‘नयाँ वर्षदेखि नै महानगरपालिकाले पोखराको विभिन्न ५० ठाँउमा साईकल स्ट्याण्ड बनाईने छ।’ संयोजक लामाको भनाई थियो ।
महानगरपालिकाले साईकल दौडकै अवसरमा कास्कीबाट १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा साईक्लिङ प्रतिस्पर्धा(डाउनहिल) रजत पदक जितेकी जमूना थापालाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिने छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…