नेपाली फुटबल टिम सम्हाल्ने जिम्मे कुवेतका अल्मुटाइरीलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २३ गते २०७७ मा प्रकाशित


काठमाडौं, चैत २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अल्मुताइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो । काठमाडौंमा सम्पन्न थ्री नेशस्नस कपमा नेपाललाई उपाधि दिलाएका प्रशक्षिक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अलमुटाइरी नेपाली राष्ट्रिय फुटब टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । नेपाले थ्री नेशसन्स कपमा उचालेको उपाधिले नेपाली समर्थक धेरै खुसी दिएजस्तै आगामी दिनमा नेपाली समर्थलाई खुसी दिलाउनका लागि मिहिनेत गर्ने नवनियुक्त प्रशिक्षक अलमुटाइरीले बताए ।

आइतबार नियुत्ती पाएका ४० वर्षिय अल्मुटाइरीले नेपाली टोलीलाई कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्नेछन् । यस समय अवधिमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको हो । नेपाल आएका अल्मुटाइरीले नेपाली फुटबललाई दक्षिण एसियामा बलियो बनाउनका लागि आफूले सक्दो मिहिनेत गर्ने बताए ।

कतार फुटबल संघसँगको सहकार्यमा अल्मुटाइरी नेपाल आएका हुन् । उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ र भने नेपाल बसाइको खर्च भने एन्फाले गर्नेछ ।