
म्यान अफ दि म्याच अमित तामाङ
पोखरा-पोखराको मैदानमा एपीएफ निकै अभागी टोली हो । उपविजेतासम्मको यात्रा तय गरेको एपीएफले पोखराको मैदानमा आहाराराको संस्करणका उपाधि उचाल्नै सकेको छैन् । १९ औं सस्करणमा आईपुग्दा फेरी एक पटक सेमिफाईनल भन्दा माथि उठ्न सकेन् । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदाँ संकटाले भने फाईनल सुरक्षित गर्यो ।
संकटाको संकटमोचन ३३ औं मिनेटमा हुन पुग्यो । नेराज बस्नेतको लामो फ्रिकिकलाई सुवास गुरुङले गोल गर्दै अग्रता दिलाए । उनको पहिलो हाफमा भएको गोल नै निर्णायक हुदाँ एपीएफलाई आहा रारा गोल्डकपबाट बाहिरन नजिता पर्याप्त रह्यो । पहिलो हाफकै ४१ औं मिनेटमा संकटाले महत्वपूर्ण अवसरलाई गुमायो । सुवास गुरुङले दिएको पासमा एपीएफका गोलकिपर अघि बढिसकेको अवस्थामा ग्लोरे विट गरेपनि गोल गर्नबाट चुके । एपीएफका डिफेन्ण्डर विश्व उदासले क्लियर गरिदिए ।
खेलको ७३ औं मिनेटमा फोफोनाको लङ एयर बललाई दिपेश आलेमगरले हेड गरे । तर उनको हेडर क्रसबारमाथिबाट बाहिरिन पुग्यो । ८९ औं मिनेटमा डिबक्स लाईन नजिकैपाएको फ्रिकिकलाई संकटाका सुवास गुरुङले बाहिर फाले । खेलको ९० औं मिनेटमा आशिष राईको पासमा ग्लोरीले गोल गर्दै जित सुनिश्चित बनाए । राई दिपेश आलेमगरको स्थानमा मैदान प्रवेश गरेका थिए ।
सशस्त्र प्रहरी बलले संकटाको पोष्टमा खासै आक्रमणको रणनीति बुन्नै सकेन् । संकटाको जब्बर डिफेन्स कटाउन एपीएफलाई निकै सकस परेको थियो । खेलमा म्यान अफ दि म्याच संकटाका अमित तामाङ घोषित भए । बिहीबारको अर्को सेमिफाईनल खेल नेपाल पुलिस क्लबले अफ्रिकन रुट्स एशोसियसनसँग खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…