
नेपाल आईपुगेको नेदरल्याण्डी टोलीलाई स्वागतपछि सामूहिक तस्बिरमा ।
पोखरा-चार दिनपछि शुरु हुने त्रिकोणात्मक टी-२० सिरिजको लागि नेदरल्याण्डको टोली मंगलबार नेपाल आईपुगेको छ । नेपाल, नेदरल्याण्ड र मलेसिया बीचको त्रिकोणात्मक सिरिज १७ अप्रिलदेखि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुरु हुने छ ।
कोरोनाको कहरले एक वर्षदेखि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न नपाएको क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक सिरिज खेल्ने छ । बजाज पल्सरको मुख्य प्रायोजन रहेको त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्डसँग पहिलो खेल खेल्ने छ ।नेपाली टोली पनि त्रिकोणात्मक सिरिजको लागि व्यस्त रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…