
तीन देश बीचको टी–२० सिरिजका कप्तानहरु ।
पोखरा- त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले आज पहिलो खेल नेदरल्याण्डसँग खेलिरहेको छ । नेपालले टस जितेर नेदरल्याण्डलाई व्याटिङको निम्तो दिएको छ । तिब्र गतिका बलर सोमपाल कामीले ओभरको दोस्रो बलमै फ्याक्ने क्रममा बेन कुपरलाई शून्यमै पभेलियन पठाउँदै दबाव शुरु गरेका थिए । कपुर एलबी डब्लुको धरापमा परे ।
लेगब्रेक गुगली बलर सन्दीप लामिछानेले पनि म्याक्स डोडलाई १० रनमै एलबीडब्लु आउट गर्दै सस्तैमा नेदरल्याण्डमाथि दबाव कायमै राखे । नेदरल्याण्डको इनिङलाई स्कट ्रएडवार्डस र बास डि लिडेले सम्हालेका छन् । तेस्रो विकेटको लागि उनीहरुले ६१ रनको पार्टनरसिप गरिसकेका छन् । लिडेले ३ चौका २६ रन बनाई खेलिरहँदा स्कटले दुई चौका र १ छक्का हिर्काउँदै ३० रन हिर्काएका छन् । नेदरल्याण्डले १० ओभरको समाप्तीमा ५० रन बनाएको थियो ।
नेपाली बलर सहबाव अलमले महंगो बलिङ गरे । उनले दुई ओभरमा २३ रन खर्चिएका थिए । उनको तेस्रो ओभरमा चौथो बलमा स्कटले छक्का प्रहार गरे । तेस्रो ओभरमा पाँचौ बलमा भने उनले आरिफ शेखको हातबाट स्कटलाई क्याच आउट गराउँदै पार्टनरसिप टुटाएका थिए । व्यक्तिगत तेस्रो ओभरमा उनले एक विकेट लिदैं ८ रन खर्चिएका थिए ।
लिडेले सहबावकै बलमा ६ छक्का प्रहार गरे । चौथो ओभरको पाँचौ बलमा लिडेले छक्का प्रहार गरेका हुन् । अन्तिम बलमा समेत लिडेले छक्का प्रहार गर्दै नेपाली बलरमाथि हावी बनेका थिए । आलमले चौथो ओभरमा १४ रन खचिर्ए । उनको बलिङ स्पेल ४–०–४५–१ रह्यो । स्कटसँग महत्वपूर्ण साझेदारी निभाएका लिडे इनिङ सम्हाल्दै क्रिजमा टिकिरहे । उनले ४१ रन बनाए । उनलाई सन्दीप लामिछानेले आफनो चौथो ओभरको अन्तिम बलमा कुशल भुर्तेलको हातबाट क्याच गराउँदै पलेभियन पठाएपछि महत्वपूर्ण विकेट लिए ।
अभिनास बोहोराले १८ ओभरमा १० रन खर्चिए । करण केसीले अन्तिम ओभरमा विना विकेट १७ रन खर्चिए । तीन ओभर उत्कृष्ट बलिङ गरेपनि अन्तिम ओभरमा भने उनी निकै महंगा बन्न पुगे । पिटर सिलरले २२ रन नटआउट खेले । उनले १७ बलमा २ चौका र १ छक्का हिर्काए । एन्टोनियस स्टालले ९ बलमा २० रन बनाउने क्रममा २ चौका र एक छक्का हिर्काउँदै नटआउट रहे । नेदरल्याण्डले ४ विकेटको क्षतिमा १३६ रन बनायो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…