
नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान
पोखरा-रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रम बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो ।
रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्ष देखि शारिरिक सुगठन र पावर लिफ्टिङका खेलाडी उत्पादन गरि प्रतियोगितामा पठाइरहेको छ । ुकोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेलाडीले मेडल ल्याउदा निकै खुसी लागेको छु , स्पोर्टस सेन्टरका संचालक जितेश प्रधानले भने, ु यस्तो बेला सहभागिता जनाउनु महत्वपूर्ण थियो तर उनीहरुले मेडल नै लिएर आए । यो हामी पोखरेलीले गर्व गर्नु पर्ने कुरा हो । ु
गत साता काठमाडौंमा आयोजित रूप कार्की मेमोरियल प्रथम नेपाल स्ट्रोङ्गेस्ट नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपमा पोखराका टेकेन्द गुरूङ र राजकुमार घोजुले स्वर्ण जितेका थिए । देशभरबाट विभिन्न तौल समूहमा गरेर १ सय २० जना खेलाडी प्रतियोगितामा सहभागी थिए । च्याम्पियनसिपमा गुरूङले ४० वर्षमाथि र घोजुले ५० वर्षमाथिको स्पर्धामा स्वर्ण जितेका थिए । टेकेन्द्रले स्क्वाइटमा २ सय ५ केजी, बेन्च प्रेसमा १ सय ४० केजी र डेटलिफ्टमा २ सय १५ केजी गरी ५ सय ६० केजी वजन उचालेका थिए ।
राजकुमारले स्क्वाइटमा १ सय ८७ केजी, बेन्च प्रेसमा १ सय १० केजी र डेटलिफ्टमा १ सय ९० केजी गरी ४ सय ८७ केजी वजन उचालेका थिए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…