
नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान
पोखरा-रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रम बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो ।
रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्ष देखि शारिरिक सुगठन र पावर लिफ्टिङका खेलाडी उत्पादन गरि प्रतियोगितामा पठाइरहेको छ । ुकोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेलाडीले मेडल ल्याउदा निकै खुसी लागेको छु , स्पोर्टस सेन्टरका संचालक जितेश प्रधानले भने, ु यस्तो बेला सहभागिता जनाउनु महत्वपूर्ण थियो तर उनीहरुले मेडल नै लिएर आए । यो हामी पोखरेलीले गर्व गर्नु पर्ने कुरा हो । ु
गत साता काठमाडौंमा आयोजित रूप कार्की मेमोरियल प्रथम नेपाल स्ट्रोङ्गेस्ट नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपमा पोखराका टेकेन्द गुरूङ र राजकुमार घोजुले स्वर्ण जितेका थिए । देशभरबाट विभिन्न तौल समूहमा गरेर १ सय २० जना खेलाडी प्रतियोगितामा सहभागी थिए । च्याम्पियनसिपमा गुरूङले ४० वर्षमाथि र घोजुले ५० वर्षमाथिको स्पर्धामा स्वर्ण जितेका थिए । टेकेन्द्रले स्क्वाइटमा २ सय ५ केजी, बेन्च प्रेसमा १ सय ४० केजी र डेटलिफ्टमा २ सय १५ केजी गरी ५ सय ६० केजी वजन उचालेका थिए ।
राजकुमारले स्क्वाइटमा १ सय ८७ केजी, बेन्च प्रेसमा १ सय १० केजी र डेटलिफ्टमा १ सय ९० केजी गरी ४ सय ८७ केजी वजन उचालेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…