
सोमपाल कामी ।
काठमाडौं-मलेसियालाई ६९ रनले पराजित गर्दै आयोजक नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै त्रिकोणात्मक शृखंलाको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न लिगको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको मलेसियाले १९।१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४८ रन जोड्न सक्यो ।
मलेसियाका लागि अमिनुद्धिन राम्लीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान अहमेद फैजले ३१ रनमा पवेलियन फर्किनु प¥यो । यस्तै अन्य ब्याट्स म्यानले भने राम्रो योगफल तयार पार्न सकेनन् मलेसियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका सन्दीप लामिछाने, कमलसिंह ऐरी र सोमपाल कामीले समान ३÷३ विकेट लिँदा शुसन भारीले १ विकेट लिए । जारी प्रतियोगितामा ११ विकेट लिएका सन्दिप ट्वान्टी–२० क्रिकेटमा नेपालबाट सयौंं खेल खेल्ने पहिलो खेलाडी बनेका छन । लिगको दोस्रो खेलमा पनि नेपालसँग पराजित भएको मलेसिया जितविहिन हुँदै प्रतियोगिता टुङ्गाएको छ ।
यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो । छैटौ विकेटका क्रिजमा प्रवेश गरेका करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको इनिङ उकासेका थिए । १३ बलमा ७ छक्का प्रहार गरेका केसीले ४५ रन जोडेका थिए । अघिल्ला खेलमा अर्धसतकीय इनिङ खेलेका कुशल भुर्तेल १६ रनमा पवेलियन फर्किदा आसिफ शेखले ४२ र कप्तान ज्ञानेन्द्र मल्ले ४१ रनको पारी खेलेका थिए ।
दिपेन्द्र सिंह ऐरी ३३ रन बनाउने क्रममा क्याच आउट हुँदा विनोद भण्डारी ८ रनमा लामो सट हान्ने क्रममा समातिए । कुशल मल्ल १९ रनमा अविजित रहे । नेपालको ७ विकेट निकाल्दा फिट्रि साम, सेइद अजिज र अनवर रहमानको नाममा दुई÷दुई विकेट रह्यो । मोहम्मद वाफिकले एक विकेट हात पारे । नेपालका सोमपाल कामी म्यान अफ दि म्याच घोषित भए । उपाधिका लागि शनिबार आयोजक नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…