
दिल्ली, (एजेन्सी)– राजस्थान रोयल्समाथि बिहीबार ७ विकेटको जित निकाल्दै भारतमा जारी इन्डियन प्रिमियर लिग आईपिएलमा मुम्बई इन्डियन्सले तेस्रो जित हात पारेको छ ।
दिल्लीमा बिहीबार सम्पन्न खेलमा प्लेयर अफ दि म्याच घोषित भएका क्विन्टन डि ककको अविजित ७० रनको सहयोगमा मुम्बई इन्डियन्सले मुम्बईले तेस्रो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७२ रनको लक्ष्य मुम्बईले १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्दा जारी लिगमा तेस्रो जित निकालेको हो । मुम्बईको जितमा कुर्नाल पाण्डेले ३९ रन बनाउँदा यस्तै सूर्यकुमार यादवले १६, रोहित शर्माले १४ तथा केइरन पोलार्ड १६ रनमा अविजित रहे ।राजस्थानका क्रिस मोरिसले २ विकेट लिए । मुस्ताफिजुर रहमानको नाममा एक विकेट रह्यो ।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन जोडेको थियो । राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ४२ रनको योगदान गरेका थिए । यस्तै जोस बट्लरले ४१ रन जोड्दा शिबम डुबेले ३५ रन बनाएका थिए । याशभी जैशवालले ३२ रन जोडे । मुम्बईका लागि राहुल चाहरले २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १÷१ विकेट लिए ।
यस जितसँगै मुम्बईले ६ खेलमा ६ अंक जोडेको छ । मुम्बई चौंथो स्थानमा रहेको छ । राजस्थानको यो चौंथो हार हो । राजस्थानले ६ खेलमा ४ अंक जोडेको छ । राजस्थान सातौं स्थानमा रहेको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…