
त्रिदेशीय नेसन्स कप
काठमाडौं, वैशाख १७ । अर्को महिना नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) जेठ १५ गते इराकको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो । इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ ।
नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ । नेपालले तीनै खेल गुमाएको छ । पछिल्लो पटक नेपालले विश्वकप छनोटमा इराकसँग सन २००१ मा प्रतिस्पर्धा गरेको थियो जसमा नेपालले इराकलाई ४–२ को नतिजा सुम्पिएको थियो ।
२००१ को अप्रिल १४ मा भएको खेलमा नेपाल ९–१ को फराकिलो अन्तरले पराजित भएको थियो । पहिलो पटक नेपालले एसियन गेम्समा इराकसँग खेलेको थियो । १९८२ मा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।
फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…