
एजेन्सी, वैशाख १८ । लयमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरलाई रोक्दै पञ्जाब किंग्सले इन्यिन प्रिमियर लिगमा पराजित गरेको छ ।

अहमदाबादमा शुक्रबार राति भएको खेलमा पञ्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो । यससँगै पञ्जाबले जारी लिगमा तेस्रो जित निकालेको छ । पराजित बैंगलोरले पनि दोस्रो खेल गुमाउन पुगेको छ ।

पञ्जाबले दिएको १ सय ८० रनको लक्ष्यका जावाफी ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन जोडे । रजत पतिदारले ३१ रन बनाए । हर्सल पटेलले ३१ रन बनाउँदा केली जेमिसन १६ रनमा अविजित रहे ।

बैंगलोरलाई सस्तैमा समेट्न पञ्जाबका हरप्रित ब्रारले ३ विकेट लिए । रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १÷१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले पुरै २० ओभर खेलेर ५ विकेट गुमाउँदै १ सय ७९ रन जोडेको थियो । पञ्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए । यस्तै क्रिस गेलले ४६ रन जोड्दा हरप्रितले अविजित रहदै २५ रन बनाए ।

बैंगलोरका केली जेमिसनले २ विकेट लिए । डानिल साम्स, युजभेन्द्र चाहल र सहबाज अहमेदले १÷१ विकेट लिए । तेस्रो जित निकालेको पञ्जाबले ७ खेलमा ६ अंक जोडेको छ । पञ्जाब पाँचौ स्थानमा उक्लिएको छ । उता पराजित बैंगलोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ । जारी सिजन दोस्रो हार भोगेको बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।



पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…