
एजेन्सी वैशाख १९ । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको छ ।
चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । जसमा केइरोन पोलार्डको विष्फोटक व्याटिङले जितका लागि सहज बनायो । उनले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले । जसमा ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरेका थिए ।
यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन कुर्नाल पाण्डय ३२ रनमा र हार्दिक पाण्डयले १६ रन जोडे ।चेन्नईका साम कुरानले ३ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।चेन्नईका लागि अम्बाती रायडुको खेल प्रशसा योग्य रह्यो उनले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए ।
रविन्द्र जडेजा २२ रनमा अविजित रहे । मुम्बईका केइरन पोलार्डले २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।
जितसँगै मुम्बईले ७ खेलमा ८ अंक जोडेको छ । मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ ।चेन्नईले ७ खेलमा १० अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…