हैदरावादमाथि राजस्थानको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित


एजेन्सी-जोय बटलरको शतकीय पारीको योगदानमा राजस्थान रोयल्सले सनराईज हैदरावादलाई ५६ रनले पराजित गरेको छ । बटलरले १२४ रनको शतकीय पारी खेल्दा सन्जु सामसन भने अर्धशतक पुरा गर्न दुईरनबाट चुकेपनि महत्वपूर्ण योगदान रह्यो ।

तीन विकेटको क्षतिमा २२० रन बनाएको राजस्थानका लागि बटलरले ६४ बल खेल्दै ११ चौका र ८ छक्का हिर्काउँदै शतकीय पारीको ओपनिङ खेले । उनलाई यस्वभी जैसवालले पनि केवल १२ रन बनाई साथ दिदाँ पहिलो विकेटको रुपमा राजस्थानले गुमाएको थियो । सन्जु सामसनले पनि ४८ रन बनाउने क्रममा ३३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए । रियान पराग र डेविड मिलर भने क्रमश १५ र ७ रनमा नटआउट रहे ।

ईण्डियन प्रिमियर लिग(आईपिएल) अन्तर्गत आज साँझ भएको खेलमा २२१ रनको लक्ष्य पछ्याएको सनराइज हैदरवाद भने सस्तैमा समेटिने क्रममा चेरिस मोरिस र मुस्ताफिजुर रहमानले ३। ३ विकेट लिए । ओपनर मनिष पाण्डे र जोनी बेरिष्टोले ६० रनको साझेदारी गर्दै गतिलो शुरुवात दिन खोजेपनि मध्यमक्रममा गतिलो प्रदर्शन हुनै सकेन् । मध्यक्रमका व्याट्सम्यान सस्तैमा पभेलियन फर्किएपछि सनराईज फराकिलो हार व्यहोर्न पुग्यो । पाण्डेले ३१ रन बनाउँदा बेरिष्टो भने ३० रनमा आउट भएका थिए । केन विलियसनले २० र केदार जादभले १९ रनको योगदान दिए । सनराईज ८ विकेटको क्षतिमा १६५ रनमा समेटिएपछि राजस्थानले ५६ रनको जित आत्मसात गर्यो ।