
पोखरा थण्डर्सका गोलकिपर दिप कार्की ।
काठमाडौं-पोखरा थन्डर्स र ललितपुर सिटीले राजधानीमा जारी खुकुरी नेपाल सुपर लिगमा आज गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको ललितपुर सिटीले आज पनि स्पष्ट अंक जोड्न असफल रहयो । आफ्नो चौथो खेलमा पनि जित निकाल्न असफल ललितपुर सिटीले खेल अवधिभर पाएका केही सुन्दर मौकालाई सदुपयोग गर्न नसक्दा जित आत्मसात गर्न चुकेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुबै टोलीले आक्रामक सुरुआत गरेका थिए । यद्यपि केही मिनेटको खेलपछि पोखराले ललितपुरलाई दबाबमा राखेको थियो । बाम्बार काउन्टरको प्रयास गरेको पोखरा पहिलो हाफमा अग्रता निकाल्न सकेन । दोस्रो हाफमा ललितपुर आक्रामक देखियो । ललितपुर पनि गोल गर्न चुक्यो ।
पोखराका कप्तान नवयुग श्रेष्ठले गोलको अवसर खेर फाले । आठौं मिनेटमा पेनाल्टी स्पट नजिकैबाट नवयुगले पहिलो बार च्याप्दै प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो ।१४ औं मिनेटमा पोखराका मौसा अब्बाले डिबक्स बाहिरबाट प्रहार गरेको सशक्त बल ललितपुरका गोलकिपर अर्पण कार्कीले उत्कृष्ट बचाउ गरे ।
२० औं मिनेटमा पोखराका नवयुगले अर्को अवसर खेर फालेका थिए । दोस्रो हाफमा आक्रामक देखिएको ललितपुरका लागि ५० औं मिनेटमा कप्तान अन्जन विष्टले पोखराका गोलकिपर दीप कार्कीलाई बिट गर्दै प्रहार गरेको बल डिफेन्डर अजित भण्डारीले गोललाइनबाट बचाउँदा चुकचुकाउन पुग्यो । ५५ औं मिनेटमा कर्नरबाट आएको बलमा ललितपुरका डिफेन्डर पिटर सगुनले हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
८५ औं मिनेटमा ललितपुरका अन्जन विष्टले गोलको सुनौलो मौका पुनः खेर फाल्दा ललितपुर जारी लिगमा जित विहिन हुन पुगेको छ । खेलमा ललितपुरका प्रवेश कुँवर प्लेयर अफ दि म्याच चुनिँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच पोखराका आयुस घलान चुनिए । घलानले १० हजार रुपैयाँ प्राप्त गरे ।
बराबरीसँगै पोखराले ४ खेलमा ५ अंक जोडेको छ । पोखरा तेस्रो स्थानमा रहेको छ । ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । प्रतियोगितामा सोमबार एफसी चितवन र विराटनगर सिटी फुटबल क्लबबीच खेल हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…