
एजेन्सी । खेलाडीहरुमा कोरोना भाइरसकाे संक्रमण बढे्सँगै भारतमा जारी इन्यिन प्रिमियर लिग अनिश्चित कालका लागि स्थगित भएको छ ।
कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको हो । जारी आईपिएलका केही टोलीका खेलाडी र अफिसियललाई कोरोना संक्रमण पुष्टि भएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गर्ने जनाएको हो ।
पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ ।
हालसम्म आईपीएलका सात खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ। कोरोना संक्रमित हुनेमा कोलकाताका तीन खेलाडी नीतीश राण, वरुण चक्रवर्ती र सन्दिप वारियर, दिल्लीका दुई खेलाडी अक्षर पटेल र एनरिक नोर्खिया र बैंगलोरका दुई खेलाडी देवदत्त पडिकल र ड्यानियल साम्स छन्।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…