
काठमाडौं- पोखरा थन्डर्समाथि १–० को रोमाञ्चक जित निकाल्दै धनगढी फुटबल क्लब पहिलो संस्करणको फ्रोन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा स्थान बनाएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले पोखरा थन्डर्समाथि संघर्षपूर्ण जित निकाल्दै प्लेअफमा स्थान बनाएको हो । जितको खोजीमा रहेका दुबै टोली सुरुआतबाट नै आक्रमक देखिएका थिए । पहिलो हाफमा दुबै टोली राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुके । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा धनगढीले दोस्रो हाफमा अग्रता लिएको थियो । बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेधनगढीलाई जित दिलाउन दर्शन गुरुङले ६८औं मिनेटमा गरेको गोल निर्णायक भएको हो ।
यस अघि २२ औं मिनेटमा धनगढीका ओलावाले अफिजले गोलको अवसर गुमाए । २६ औं मिनेटमा पोखराका मौसा अब्बाले गोलको अवसर गुमाए । डिबक्स भित्रबाट उनले प्रहार गरेको बल धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । ३३ औं मिनेटमा धनगढीका स्ट्राइकर ओलावाले आफिज चोट बोक्दै मैदानबाट बाहिरिदा धनगढी दबाबमा परेको थियो । जारी लिगका सर्वाधिक गोलकर्ता ओलावाले ह्यास्ट्रिङमा समस्या देखिएको थियो ।
जितसँगै धनगढीले ५ खेलमा १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । धनगढीले प्लेअफमा स्थान पक्का पनि गरेको छ भने प्रतियोगिताको प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । शीर्ष चार टोलीले प्लेअफ खेल्ने छन । धनगढीसँग पराजित पोखराको भने प्लेअफ सम्भावना कमजोर बनेको छ । पोखरा ५ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
धनगढी एफसीका अशोक खवास इमर्जिङ प्लेयर्स घोषित हुँदै नगद १० हजार प्राप्त गरे । यस्तै धनगढी एफसीकै कप्तान तथा गोलकिपर किरण चेम्जोङ प्लेयर्स अफ दि म्याच घोषित भए । उनले नगद २५ हजार रुपैयाँ हात पारे । प्रतियोगितामा भोली दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर सिटी र बुटवल लुम्बिनी तथा दोस्रो खेल काठमाडौं रेजर्स र विराटनगर सिटी फुटबल क्लबबीच खेल हुनेछ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…