
एजेन्सी-च्याम्पियन्स लिगको उपाधिको लागि दुई ईग्लिस प्रिमियर क्लब भिड्ने निश्चित भएको छ । म्यानचेष्टर सिटीले फ्रान्सेली क्लब पिएसजीलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा अर्का ईग्लिस क्लब चेल्सीले पनि स्पेनिस जायन्ट रियल मड्रिडलाई पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।
सिटी प्रिमियर लिगको उपाधिको संघारमा छ । गएराती भएको रियल मड्रिड विरुद्धको घरेलु मैदानमा चेल्सीले २-० गोलले पराजित गर्दै उपाधिको दावेदारिता प्रस्तुत गरेको हो हा । फ्रायंक लाम्पार्डलाई बर्खास्त गरेपछि चेल्सीले प्रिमियर लिग र च्याम्पियन्स लिगमा प्रभावशाली खेल देखाउँदै आएका छ । थोमस टुचेलले चेल्सीलाई सम्हालेपछि जितको नजिता आत्मसात गर्दै आएको छ ।
रियल मड्रिड विरुद्धको पहिलो लेगमा समेत १-१ गोल गरेर फर्किएको चेल्सीले घरेलु मैदानमा २(०ले पराजित गर्दै फाईनल सुनिश्चित बनाएको थियो । टिमो वार्नरले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाउँदा खेल सकिन ५ मिनेट बाँकी रहँदा मासन माउण्टले ८५ औं मिनेटमा अर्को गोल थपे । उनको गोलले जित सुनिश्चित हुन पुग्यो ।
चेल्सी र सिटीको उपाधि भिडन्त मे २९ मा टर्कीको इस्तनाबुलमा हुने छ । चेल्सी र सिटी बीच ३ जनवरीमा सिजनको पहिलो भेट प्रिमियर लिगमा भएको थियो । त्यसपछि यी दुईको भेट गत महिना मात्रै एफए कपको सेमिफाईनलमा प्रतिस्पर्धा भएको थियो । चेल्सीले दशवर्षअघि सन २०१२ मा युइएफए च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । सिटी भने पहिलो पटक च्याम्पियन्स लिगको उपाधि नजिक पुगेको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…