
एजेन्सी । इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपको दोस्रो ठूलो क्लब फूटबल प्रतियोगिता युरोपा लिगको फाइनल प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनल अन्तर्गतको दोस्रो लेगमा इटालियन क्लब रोमासँगको ३–२ गोलले पराजित भएपनि समग्रमा ५–८ को नतिजासहित युनाइटेड फाइनल प्रवेश गरेको हो ।

गए राति रोमाको मैदानमा घरेलु टिमलाई जिताउन इडिन डजेको, ब्रयान क्रिस्टेनले समान एक गोल गरे भने रोमाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

युनाइटेडका लागि भने इडिन्सन काभानीले दुई गोल गरेका थिए । खेलको ३९औँ मिनेटमा काभानीले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । ५७औँ मिनेटमा डजेकोले गोल गर्दै रोमालाई खेलमा फर्काए ।

६०औँ मिनेटमा क्रिस्टेनले गोल गर्दै रोमालाई अग्रता दिलाए । ६८औँ मिनेटमा काभानीले दोस्रो गोल गर्दै युनाइटेडलाई बराबरीमा फर्काए । तर ८३औँ मिनेटमा युनाइटेडका एलेक्सट टेलेसले आत्मघाती गोल गरेपछि युनाइटेड पराजित भयो ।

तर पहिलो लेगमा ६–२ गोलान्तरको जित निकालेको कारण युनाइटेड उपाधि नजिक पुग्न सफल भएको हो । अब, युनाइटेडले उपाधिका लागि स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ ।

भिल्लारियलले आर्सनलमाथि समग्रमा २–१ को जितसहित फाइनलमा स्थान पक्का गरेको हो । पोल्यान्डमा २६ मेमा उपाधि भिडन्त हुनेछ ।



पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…