रोनाल्डो र डिबालाको शतकीय गोलको कोशेढुंगा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित


रोनाल्डो र डिबाला

एजेन्सी-पोर्चुगिज स्टार युभेण्ट्स फरवार्ड क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका युवा खेलाडी पावलो डिबालाले क्लबको लागि शतकीय गोलको आकँडा बुधबार इटालियन सिरी ए अन्तर्गतपुरा गर्दा सासौलो माथि ३-१ गोलको सुखद नजिता निकालेको छ ।

रोनाल्डो र डिबाला दुवै क्लबको लागि समान ९९ गोलमा थिए । डिबाला भन्दा अघि रोनाल्डोले शतकीय गोल(१००) पुरा गरे । त्यसको २० मिनेटपछि डिबालाले गोल गर्दै आफुलाई उत्कृष्ट युवा स्ट्राईकरको छनक दिदैं शतकीय गोल पुरा गरे ।

एड्रिन रावियोटले २८ औं मिनेटमा पहिलो गोल गरे । उनको गोलसँगै अग्रता लिएको युभेण्ट्सले पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए । उनको त्यो गोलले क्लबका लागि १०० गोलको कोशेढुंगा पुरा गरे ।

२(० गोलले पछि परेको सासौलोले ५९ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने कोशिस गर्यो । जियाकोमो रास्पाडोरीले गोल गरे । युभेण्ट्सले पनि अर्को गोल थप्ने क्रममा ६६ औं मिनेटमा डिबालाले गरे । डिबालाको गोलसँगै युभेण्टसले जित पक्का बनाउँदा उनको पनि १०० गोलको आँकडा पुरा गरेका थिए । सासौलोले १६ औं मिनेटमा पाएको पेनाल्टीलाई गुमाउँदा अग्रता लिने अवसरबाट चुक्न पुगेको थियो ।