
पेरिस, वैशाख ३० (एएफपी)– प्रिमियर लिगको विजेता म्यानचेस्टर सिटी र चेल्सीबीच हुने च्याम्प्यिन्स लिगको फाइनलको खेल स्थल इस्तानबुलबाट पोर्तोमा सरेको आयोजक युईएफएले बिहीबार बताएको छ ।
मे २९ तारिखका दिन तय भएको प्रतियोगितामा ब्रिटेन सरकार र टर्कीको सरकारले गरेको कोरोना भाइरसको कारण बन्द गरेको आवत जावत बन्दको कारण प्रतियोगिताको स्थल परिवर्तन भएको हो । जारी सिजन २०२०–२१ अन्तर्गत युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको राजधानी इस्ताबुलबाट पोर्चगलको पोर्तोमा सारिएको आयोजकले जनाएको हो ।
‘हामीले व्रिटेन सरकारको निर्णयलाई मानेका छौं । कोरोना भाइरसको विषयलाई लिएर रेड क्षेत्र भनेर तोकिएको अवस्थामा प्रतियोगिताको स्थल परिवर्तन गर्नका लागि सहमत भएका छौं,’ युइएफएका अध्यक्ष एलेक्जेन्डर सेफ्रिनले जारी गरेको विज्ञप्पतीमा भनिएको छ, ‘लामो समय पछि सिमित दर्शकले रंगशालामा प्रवेश पाउनेछ । प्रवेशका लागि हामीले अपनाउनु पर्ने स्वास्थ प्रोटकल पूर्ण ?पमा पालना गर्नेछौं । सिजनको सबै ठूलो खेल हेर्न मौका दर्शकलाई पनि दिइनेछ ।’
फाइनल खेल अब पोर्तोस्थित स्टाडिओ डो ड्रागाओमा खेलाइनेछ । जहाँ दुवै टिमका ६–६ हजार गरी कुल १२ हजार दर्शकलाई प्रवेश अनुमति दिने आयोजक युईएफएले जनाएको छ । पोर्चुगल फुटबल संघ र अन्य फुटबल निकायसँगको लामो छलफल पछि खेल स्थान परिवर्तन गरिएको हो ।
पोर्चुगल इङ्ल्याण्डको ग्रीनलिस्टमा रहेकाले त्यहाँ खेलाडी र दर्शकह?ले क्वारेन्टिन बस्नुपर्ने छैन तर टर्की ब्रिटेनको रेड लिस्टमा रहेको छ । यसअघि युईएफए र ब्रिटेनस अधिकारीबीच लण्डनको वेम्लीमा फाइनल खेलाउन छलफल गरेपनि सहमति जुट्न सकेको थिएन ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…