
कराँतेका प्रशिक्षक बैजनाथ यादवको निधन
पोखरा-नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रिय सदस्य, २ नं. प्रदेश संयोजक, क्योकुसिनका अन्तराष्ट्रिय खेलाडी, नेपाल क्योकुसिनकान कराते संघ २ नं. प्रदेश अध्यक्ष एवं प्रदेश प्रमुख प्रशिक्षक बैजनाथबाबा यादवको निधन भएको छ । जनकपुर निवासी यादवको हिजो राती कोभिडका कारण बीर अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो । स्व. यादव ९ दिन देखि बीर अस्पतालमा उपचाररत थिए । स्व. यादवको श्रीमती र एक छोरा रहेका छन् ।
नेपालमा देखिएको कोभिडको महामारीको कारण नेपाली प्रजातन्त्रका होनहार युवा योद्धा, नेपाली खेलकुदको नेतृत्व, अन्तराष्ट्रिय क्योकुसिन खेलाडी एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य तथा प्रदेश नं. २ का संयोजक बैजनाथबाबा यादवलाई गुमाउनु पर्दा सिंङ्गो खेलकुद क्षेत्र र लोकतान्त्रिक खेलकुद संघले ठुलो क्षती ब्यहोर्नु परेको छ ।
स्व. यादवले लोकतान्त्रिक खेलकुद संघ, लोकतान्त्रिक आन्दोलमा पु¥याउनु भएको अहम भूमिका, देशका लागि खेलकुद माध्यमबाट दिनु भएको योगदा सदा स्मरणिय रहने छ । यस दुखद घडीमा स्वर्गिय यादव प्रति श्रद्धान्जली ब्यक्त गर्दै परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनि नेपाल लोकतान्त्रिक खेलकुद संघ समवेदना प्रकट गर्दछ । यस्तै खेलकुद क्षेत्रका अन्य सम्मानित ब्यक्तित्वहरुको असामयिक निधन प्रति पनि नेपाल लोकतान्त्रिक खेलकुद संघ समवेदना ब्यक्त गर्दै श्रद्धान्जली अर्पण गर्दछ । – बिज्ञप्तीमा जनाईएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज…