सेल्टिकसँगको हारसँगै बार्सिलोना ला लिगा उपाधि होडबाट बाहिरियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३ गते २०७८ मा प्रकाशित


सेल्टा भिगोसँग हारपछि निराश मुद्रामा मेस्सी ।

एजेन्सी-बार्सिलोना सेल्टिक भिगोसँग पराजित हुदैं स्पेनिस ला लिगा च्याम्पियन बन्ने सपना अधुरै रहेको छ । जित्नै पर्ने दबावमा रहेको बार्सिलोना सेल्टा भिगोसँग २-१ गोलमा पराजित भएपछि उपाधि सपना यो वर्ष अधुरै रहन पुग्यो ।

उपाधि यात्रामा रहेको बार्सिलोना अघिल्लो खेलमा समेत बराबरीले केही आत्मविश्वासी देखिएपनि सेल्टिकसँग पराजित हुदाँ आईतबार राती स्पेनिस ला लिगाबाट टाढा रह्यो । अन्तिम खेलको समीकरण बाँकी हुदाँ बार्सिलोना ७ अंकले पछि परेको छ । शीर्षस्थानको एट्लेटिको मड्रिड ८३ अंकसहित उपाधि होडमा छ । उसलाई रियल मड्रिडले ८१ अंकसहित पछयाईरहेको छ ।

लियोनेल मेस्सीको गोलसँगै बनाएको अग्रता जोगाउन नसक्दा बार्सिलोना हारसँगै ला लिगको उपाधि यात्रामा विश्राम हुन पुग्यो । सेल्टा भिगोले पुनरागमन जित निकाल्दा बार्सिलोना भने अन्तिम समयमा १० खेलाडीमा सीमित हुन पुग्यो ।

मेस्सीले २८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको दशमिनेटपछि सेल्टाका लागि सान्टी मिनाले ३८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको अन्तिम मिनेटमा उनैको गोलबाट सेल्टिकले जित पक्का बनाउँदा बार्सिलोना निराश बन्न पुग्यो ।

मिनाले ८९ मिनेटमा अर्को गोल थपे । जुन ३ अंक जोड्न पर्याप्त हुदाँ बार्सिलोनाको उपाधि होड टुंगियो । त्यसअघि बार्सिलोना १० खेलाडीमा सीमित रह्यो । ८३ औं मिनेटमा क्लिमेन्ट लेङ्गेटले रातो कार्ड खाँदै मैदान छाडेपछि बार्सिलोना दबावमा रह्यो ।