
अन्नपूर्ण म्याराथनमा सहभागि धावकहरु । तस्बिर फाईल
पोखरा-अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहर (नयाँ भेरियन्ट)फैलिएकोसँगै म्याराथन स्थगित गरिएको आयोजक समितिले जनाएको छ । अन्नपूर्ण आरोहण दिवसको अवसर गर्ने गरी तय गरिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ ।
समितिका अध्यक्ष ललित गुरुङले तेस्रो संस्करणका कार्यक्रम गर्ने तयारी गरिएको भएपनि ती सबै कार्यक्रम स्थगित गरिएको जनाएका छन् । ‘१९ कै कारण गत वर्षको कार्यक्रम पनि स्थगित गर्नुपरेको र अहिले पनि नयाँ भेरियन्ट फैलिएका कारण उक्त कार्यक्रमलाई निरन्तर दिन नसकेको उल्लेख गरेका छन् । कोरोना भाइरसको महामारीका कारण अन्नपूर्ण आरोहण दिवसको अवसरमा यस समितिद्वारा २०७८ साल जेष्ठ १८ देखि २० गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना गर्ने तयारी गरिएको थियो ।
अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै हुँदै आएको थियो । अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगित भए पनि आमागी वर्षमा पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।
अन्नपूर्ण म्याराथन तथा पर्यटन महोत्सवका लागि विनियोजित रकम आगामी वर्षमा समेत निरन्तरका लागि समतिले आग्रह गरेको छ । धाराशायी बन्दै समग्र पर्यटन उद्योग गम्भीर संकटोन्मुख परिस्थितिमा गुज्रिएको अवस्था छ । पर्यटन क्षेत्रलाई धाराशायी हुन नदिनका विषेश राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्नस्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध गरिएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…