प्रदेश युवा तथा खेलकुद मन्त्रीमा दोहोरिए मनाङ्गे

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ५ गते २०७८ मा प्रकाशित


प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ

पोखरा-विस्तार गरिएको गण्डकी प्रदेशको मन्त्री मण्डलमा स्वतन्त्र रहेको राजीव गुरुङं(दिपक मनाङ्गे) मन्त्रीको रुपमा सामेल भएका छन् । बुधबार विस्तार गरिएको मन्त्री मण्डलमा मनाङ्गेले दोस्रो पटक मन्त्रीको जिम्मेवारी सम्हालेका हुन् । यद्यपी उनी काठमाडौं रहेकोले पनि सपथ भने लिन पाएनन् ।

विस्तार गरिएको मन्त्रीमण्डलमा पुरानै अनुहार छन् । पुरानै अनुहारलाई दोहोर्याउने क्रममा मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । गत बैशाख १६ गते मन्त्री बनेका उनी २६ गते भने मन्त्रीपदबाट मुक्त भएका थिए । प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध प्रतिपक्षले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । राजीनामा दिएपछि मनाङ्गेले केवल १० दिन मात्रै मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । मनाङ्गे मनाङ ख बाट प्रदेशमा निर्वाचित भएका हुन् ।