
पोखरा-युरोकप नजिकिदै गएको छ । युरोकपपको मिति नजिकिदैं गर्दा समूह सार्वजनिक भईसकेको छ । सार्वजनिक गरिएको समूह एफ भने ग्रुप अफ डेथ जस्तै छ । समूह एफमा तीन युरोकप च्याम्पिन देशहरु परेका छन् । फ्रान्स, जर्मनी र पोर्चुगल छन् । उनीहरुसँगै हगेरी छ । शीर्ष दुई क्वाटरफाईनल प्रवेश गर्दा अर्को एक टोलीले भने अन्तिममा क्लालिफाईको लागि खेल्ने छ ।
युरोपमा चल्ने ईग्ल्याण्डको प्रिमियर लिग स्पेनिस ला लिगा, जर्मनको बुण्डेसा लिगा, फ्रान्सको लिगा वान, इटालीको इटालियन सिरी ए टुंगिने अवस्थामा छन् । यसैसाता सकिने छ । क्लब लिग सकिएपछि युरोकप फुटबलको १६औं संस्करण शुरु हुने छ । आगामी जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ देशमा युरोकप आयोजना हुँदैछ । युरोप भन्दा अघि च्याम्पियन्स लिग टुंगिने छ । यही मे २९ मा ईग्लिस क्लब चेल्सी तथा म्यानचेष्टर सिटी उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । त्यसपछि युरोपकपको रौनक शुरु हुन्छ ।
युरोकपमा युरोपका उत्कृष्ट २४ टिमले प्रतिस्पर्धा गर्ने छन् । जुलाई ११ को फाइनल हुने छ । उपाधिको लागि सबै देशले आफनो टोलीको घोषणा गरिसकेका छन् । पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको कप्तानीमा टोली घोषणा गरिएको छ । फ्रान्सले भेट्रान स्ट्राईकर करिम बेन्जेमालाई समेटेको छ । जर्मनले थोमस मुलरलाई टोलीमा अटाएको छ ।
सन् २०१६ मा भएको युरोकपको विजेता पोर्चुगल र उपविजेता फ्रान्स एकै समूहमा छन् । जर्मनीले सर्वाधिक तीन पटक युरोकप सर्वाधिक ३ पटकको विजेता हो । जर्मनीले १९७२, १९८० र १९९६ मा उपाधि जितेको थियो । फ्रान्सले १९९४ र २००० मा गरी २ पटक जितेको थियो । गत सिजनमा फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले उपाधि जितेको थियो ।
समूह एफमा रहेको दुई टोलीले घरेलु मैदानमा खेल्ने अवसर प्राप्त गर्ने छन् । समूहको आयोजक जर्मनी र हंगेरी हो । त्यसैले यी दुई टोलीले घरेलु मैदानमा खेल्ने अवसर पाउनेछ । जर्मनीले तीनवटै खेल म्युनिखमा खेल्न पाउनेछ तर हंगेरीले दुई खेल मात्र बुडापेष्टमा खेल्नेछ । जर्मनी र हंगेरी बीचको खेल भने जर्मनीकै मैदानमा हुनेछ । घरेलु मैदानको फाइदा यी दुई टिमले उठाउन सके पोर्चुगल र फ्रान्सको लागि कठिन हुन सक्छ । पोर्चुगलले फ्रान्ससँग बुडापेष्टमा खेल्ने छ । ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…